Wednesday, May 11, 2011

बलात्कारी बाँदर


भारतको पटना शहरका करिब आधा दर्जन महिलाहरुले एउटा बादरमाथि बलात्कारीको आरोप लगाएका छन् । विहार राज्यबाट प्रकाशित हुने स्थानीय पत्रिकाका अनुसार बादरबाट बलात्कृत हुने सबै आइमाई बिहारका हुन र सबैजना खेतमा बलात्कृत भएका थिए ।  बलात्कारी बादर भागलपुर जिल्लाको खजुरी गाउबाट झरेको हो । उसले खेतमा कार्यरत किसान महिलालाई एक्लै भेट्दा बलँत्कार गर्ने गरेको थियो । महिलाहरुले दिएको बयान अनुसार बलात्कारी बादरको अनुहार कालो छ ।

1 comment: