Wednesday, May 11, 2011

नेपाली लघु कथा


अन्तरजातिय बिहे


सकुन्तला भाउजु एकदमै फरासिलो स्वभावको हुनुहुन्थियो । गाऊ छिमेकको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु आफ्नो नैसर्किग अधिकार समझनु हुन्थियो। त्यसैले छिमेकीको सानो गल्तिलाइ पनि  पहाड जत्रो बनाएर ब्यग गर्नु वहाको  प्रथमिकतामा पर्दथ्यो । वहाको यो ख्याति गाउ घरका बच्चा बच्चालाई थाह थियो । त्यसैले सबै जना वहाको कटु बचन बाट बच्न चाहन्थे तर आज सम्म वहाको सिकार नभएको कोहि पनि थिएन । अझ धर्म र जातभातको त कट्टर हिमायति हुनुहुन्थ्यो ।  गाउमा कसैले अन्तरजातिय बिहे ग¥यो भने देखिनको स परिवार नै सकुन्तला भाउजुको  घरको बतो हिड्नै छद्थ्यो वहाको डरले । त्यसैले गाऊलेहरु वहाको सामु त के वहाको घर जान सम्म डराउथे ।

तर आज अचम्म भएको छ सबै गाउलेहरु वहाको घरमा जम्मा भएका छन । गाउलेहरु खास्खुस गर्दैछन तर पनि सकुन्तला भाउजु बाहिर निस्किनु भएको छैन  बरु केहि क्षण पछि नया दुलही छोरा सहित पण्डित बाजे बाहिर  निस्कनु भो र सबैसग छोराले शहरबाट अन्तर्जातिय बिहे गरेर ल्याएका नया दुलहीको परिचय गराउनु भो ।
आज भोलि अरु कुरा मा टसमस नगरेता पनि जब वmुनै अन्तरजातिय बिहेको कुराको प्रसन्ग आउछ वहा कुरा  अरु तिर मोड्न खोज्नु हुन्छ मोड्न नसकेमा  चुपचाप लागेर बस्न थाल्नु भएको छ ।
धन्य छ वहाको सहनशिलतालाई । सबै यतिको सहनशिल कहा हुन सकछन र ।

No comments:

Post a Comment