Wednesday, May 11, 2011

नेपाली कथा


मानवाधिकार

दिनेशदाई, राजनितिमा असफल भएता पनि आज भोलि वहाको नया ब्यावसाय राम्रै सग फस्ताएको छ ।ब्यवसायको नाम हो मानवाधिकार । चार पाच बर्षअघि सम्म आफ्नै घरको सानो कोठामा सस्था खोल्नु भएको थियो । सहरको कुनै कुनै कायक्रममा झलाक् झुलुक देखिनु हुन्थियो। तर आजभोलि वहाले अफिस बजारमा खोल्नु भएको छ । र आफ्नो लागि पजेरो पनि लिनु भएको छ । हुनु पनि आज भोलि वहाको ब्यस्तता अति नै बडेको छ , अझ देशमा शान्ति हराए पछि । महिला अधिकारको वहा कट्टर र्समर्थक गाउ घरमा कुनै महिला माथि अन्याय भयो भने वहा सबैभन्दा अघि बढेर अन्यायको बिरुद बोल्ने मान्छे त्यसैले सबैले वहालाइ सम्मानको दिस्टिकोण्ले हेर्दथियो। तर आजभोलि वहाको चरित्रमा परिवर्तन आएको छ भनै कि बास्तविक चरित्र देखिएको छ  ।जब देखि वहाको चिनजान अफिशमा काम गर्ने केटिसग भयो भन्ने सुनिनु थालियो तब देखि सकुन्तला भाउजुको सधै राति रुवाबासि सुनिनु थालिएको छ ।केहि छण बाझा बाझ त्यसपछि कुटाकुट त्यस पछि भाउजुको रुवाबासि । त्यसपछि वहाको टोलमा शाख गिरेको छ पहिला सधै बिहान बिहानै चौकमा साअयेर् मिठा मिठा कुरा गर्ने दाइ आज् भोलि पतक्कै आउनु छाडनु भयेको छ
टोलमा उहाको साख झरेर के भो र आज् भोलि वहा देशमा नागरिक अगुवाको हैसियत पाउनु भाको छ। देशभर सम्मानित् हुनु भएको । टोलमा इज्जत कम भयेर् के भो देश बिदेशमा वहाको सम्मान दिन दुइ गुना रात चौ गुना बडेको छ जसरि वहाको ब्यापार बडेको छ ।सुनिन्दै छ वहालाई राष्ट्रले सम्मान गर्न लागेको छ रे वहाको यति ठुलो मानव अधिकार सम्बन्धि सेवा गरे बापत बदाई छ वहालाई। यस्तै छ हाम्रो नेपालमा ।

No comments:

Post a Comment