Wednesday, May 11, 2011

नेपाली लघु कथा


महिला अधिकारकर्मि

अत्रु भाउजु आजभोलि हाम्रो शहरमा प्रख्यात महिला अधिकारकर्मि हुनुभएको छ । हुन पनि किन नहुनु वहाको श्रीमान दिनेशदाई ठुलो एन जि ओ चलाउनुको साथै मानव अधिकारकर्मि हुनुहुन्छ ।
अत्रु भाउजुका लेख रचनाहरुमा महिला मुक्तिका कुराहरु प्रसश्त मात्रामा पाइन्थ्यो । महिला अबला बन्यो भने पुरुषहरुले त्यसको फाईदा उठाउछन त्यसैले महिला माथि शोषण हुने बितिकै त्यसको बिरुद्रमा स्वयम उभिनु पर्छ र त्यसको प्रतिकार गर्नु पर्छ भनि हरेक मन्च बाट भत्रु कहिले बिर्सनु हुदैन थियो ।   यहि दर्शनले गर्दा लोग्ने स्वास्नीको झगडालाइ तन्काएर पारचुकचेसम्म पार्न पछि पर्नु भएको थिएन ।
तर केहिदिन देखि वहाको लेखहरुमा पुरुषलाइ गालि गर्नमै मसि सिद्याउनु थाल्नु भएको छ । वहाको लेखाइमा यो परिवर्तन त्यस बेला देखि आयो जब गाउमा हल्ला फिजियो दिनेशदाइको आफु सन्गै काम गर्ने महिला सन्ग माया पिरति बस्यो भत्रे । त्यसपछि सधैको झगडा र त्यसपछि अनु भाउजुको डाको छोडेर रोएको  आवाज सुत्रु पर्ने हाम्रो सधैको दिनच¥या नै भैसकयो
तर किन हो कोनि वहाले आज सम्म आफ्नो दर्शन ( महिला अबला बन्यो भने पुरुषहरुले त्यसको फाईदा उठाउछन त्यसैले महिला माथि शोषण हुने बितिकै त्यसको बिरुद्रमा स्वयम उभिनु पर्छ  र त्यसको प्रतिकार गर्नु पर्छ ) को प्रयोग आपैmलाइ गर्नु भएको छैन ।
हुनु सकछ वहाको दर्शन अरुको लागि मात्र होला आफ्नो पालिमा त यो कम्परमाइजिन्ग भत्रे सब्द नै महत्वपुर्ण भएको जस्तो छ  होइन अनु भाउजु ?

No comments:

Post a Comment