Wednesday, May 11, 2011

नेपाली कथा


हृदयको स्थान

जाडो महिनाको चिसो रातमा एकजना जोगीको झुपडीको ढोकामा कसैले वास बस्न ढक्ढक्यायो । झुपडीमा मात्र श्रीमान्/श्रीमती सुत्ने ठाउं थियो । जोगीले श्रीमतीलाई ढोका खोल्न भने, तर उनले भनिन्-यहां ठाउं कहां छ र ढोका खोल्ने यहां दुईजना सुत्न सक्छन्, तीनजना बस्न सक्छन् । कुनै यो महल हो रठाउं सांघुरो हुने -जोगीले भने ।श्रीमतीले ढोका खोलिदिइन् । ढोका ढक्ढक्याउने बटुवाहरु तीनजना भित्र पसेर बसे । केही समयपछि फेरि कसैले ढोका ढक्ढक्यायो । जोगीले यात्रीलाई भने ढोका खोलिदेऊ । उनीहरुले भने- ठाउं कहां छ र -जोगीले भने- तीनजनालाई बस्ने, चारजनालाई उभिनका लागि अहिले पनि प्रशस्त ठाउं छ । ठाउं बनाउ+mला । हृदयमा ठाउं हुनर्ुपर्छ । झुपडीको ढोका खुल्यो । चारैजनाले उभिएर रात बिताए

No comments:

Post a Comment