Wednesday, May 11, 2011

न्वारान


 आज देशमा फेरि एकपटक लोकतन्त्र आएको छ । लोकतन्त्रको साथसाथै देशमा पुरानो नाम परिवर्तन गरी नया लोकतान्त्रीक नाम राख्ने होड चलेको छ । भनौ देश न्वारानमय भएको छ । मलाई पनि देशमा लोकतन्त्र आएको खुशि थियो तर मेरो प्राण भन्दा प्यारी कान्छी श्रीमतीले मलाई विदुर बनाएको पिडाले म झोक्रिएर बसिरहेको वेला मेरो जेठो छोरा कुमारको न्वारानको बारेमा सम्झन पुगे जसको न्वारान ३/४ पटक भएको थियो ।

१८ वर्षो युवा जोशमा प्रेम विवाह गरे । श्रीमति भित्राएको केहि दिनमै मलाई थाह भयो प्रेम मिठो सपना रहेछ र विवाह विपना। माया प्रितीको वाचावन्धनले व्यवहार चल्दैन रहेछ व्यवहार चलाउन अति आवश्यक कुरो पैसो रहेछ पैसो ।http://blognepali.wordpress.com/wp-includes/js/tinymce/plugins/wordpress/img/trans.gif
अव म मात्र १० कक्षा पढेको केटोले यहा काम पाउनु सगरमाथा उक्लीनु भन्दा कठिन रहेछ त्यसैले सारा बेरोजगार नेपालीले रोज्ने बाटो विदेश पलायन हुने बाटो नचाहादा नचाहंदै परिवारको सुखको लागि गर्भवति श्रीमतीलाई छोडेर विदेश हानीए । श्रीमतीलाई छोरो भए नाम रवि राख्ने वाचा गर्राई । मलाई रवि नाम औधि मन पर्‍थ्र्यो । मेरो वसमा भए म आफनो नाम परिवर्तन गरि रवि राख्थे तर सकिन त्यसैले मैले छोरोको नाम रवि राख्ने विचार गरेको थिए । केहि महिनापछि खुशिको खवर आयो म कुमारको वुवा बने भनेर म छक्क परे म रविको वुवा बन्नु पर्नेमा कुमारको वुवा कसरी बने भनेर मैले श्रीमतीलाई तुरुन्त हप्काए केहि महिना नहुदैमा मैले भनेको कुरा मान्न छोडेकी, रविको ठाउमा कुमार नाम कसरी आयो -श्रीमतीले ठाडै भनीन, “वुवाको जिद्घीको अगाडी केहि लागेन मेरो म अक्क न वक्क भए ।मेरो वुवा शिव भक्त त्यसैले वहाले मेरो नाम कुमार राख्न चाहनु हुन्थ्यो तर आमाको अगाडी चु सम्म बोल्न नसक्ने भएकोले गर्दा आमाको इच्छा बमोजिम मेरो नाम राखीएको थियो । सक्नेलाई दास बनाउने दवाउन नसक्नेको दास बन्ने नेपाली प्रवित्ती मेरो आमा वुवामा पनि लागु हुन्थ्यो । त्यसैले वुवाले आफनो नातीको नाम कुमार राखीछाडनु भयो । आखीर सबैले आफूले सक्नेलाई हेप्ने हो ।
६महिना पछि श्रमितीले वुवा र्स्वर्गवास हुनु भएको खवर सुनाइन म ज्यादै स्तब्ध भए । त्यसको साथै श्रीमतीले छोरोको नाम परिवर्तन गरेर रवि राखेको बताइन । उनको स्वरमा ससुरा मरेको दुख भन्दा छोरोको नाम परिवर्तन गरेको खुशीको भाव प्रस्ट सुनीन्थ्यो ।लगभग ३ वर्षपछि श्रीमतिको फोन आयो र भनिन तपाईको छोरोलाई मात्र हेरेर यो जुनी विताउन सक्तिन तपाईलाई मेरो चिन्तै रहेनछ माया नै रहेनछ त्यसैले म अव आफू खुशी जिउंछु मैले मेरो जिवन साथी चुनी सके”, म आकाशबाट एक्कासी जमिनमा खसे झै भए । छोरोलाई सम्झेर म देश फर्के ।श्रीमतिभागेको कुरा गाउघरमा जंगलमा डढेलो सल्के झै सल्की सकेछ । श्रीमति वियोगको त्यसक्षणमा सान्तवना दिने निहुंमा आफना छोरी चेली दिने प्रस्ताव प्याकेजका साथ बोकेर आउनेको ताती नै लाग्यो किन नआओस आखीर म विदेशबाट धन कमाएर आएको केटो । मलाई पनि श्रीमति भागेको झांेक एक हप्ता भित्रै झाईकुटी गरिहाले ।
मेरी कान्छी श्रीमति गृह प्रवेश गरेको केहि दिन भित्रै परिवर्तनको आधीवेरी ल्याइन सौताको सम्पर्ूण्ा सर समान सक्दो नगरपालीकालाई दान गरिन दान गर्न नमिल्ने सामानहरु स्टोरमा थन्काइन तर दान गर्न पनि नमिल्ने र स्टोरमा राख्न नमिल्ने एउटा सामान थियो त्यो मेरो छोरो, त्यो सौताको नाशोलाई केहि गर्न अर्समर्थ भए पनि सौताले राखेको नाम परिवर्तन गरी पुनः छोरोको न्वारान गरेरनविननाम राखी दिइन । मलाई पनि श्रीमतीले छोडेर गएको झोक सिधीएको थिएन त्यसैले कान्छिको काम कार्यवाहीलाई मौन बसेर स्वीकृति दिए ।आज कान्छिको तेहृौं पूण्य तिथी हो । हातमा कान्छी आमाको ठूलो प|mेम लगाएको फोटो बोकेर मेरो अगाडी छोरो उभीएर भन्न थाल्यो वुवा यो आमाको फोटो स्टोर रुममा राखी दिन्छु अव काम छैनर बाटो लाग्यो र अलिपर पुगेर फर्केर पर्ूण्ा मलाई सोध्यो वुवा मेरो न्वारान कहिले गर्नेभनेर मैले श्रीमतिको फोटो लिंदै भने वावु त्रि्रो नाम हजुर वुवाले जे राख्नु भएको थियो त्यहि हुनेछ अव कुनै परिवर्तनले त्रि्रो नाम परिवर्तन हुने छैन नत्र तिमी वेनाम हुनेछौं ।
इतिहास विहीन ।

No comments:

Post a Comment