Wednesday, May 11, 2011

मेरि प्यारि श्रीमति




मेरि श्रीमति , अझ भनौ मेरि प्यारि श्रीमति रोमिला एक्दमै राम्री , आखा चन्चल, चुलबुले बानी,कुरा गरिरहनु पर्ने , हास्दा दुबै गालामा खाल्टो पर्ने ओठमा सदै मुस्कान मात्र भेटिने …….,यसरि मैले मेरि श्रीमतिको प्रशन्सा गर्दा श्रीमानहरु छक्कै पर्नु भएको होला कतै लेखन नै गल्ति भएर उसकी ठाउमा मेरि हुन गएको त होइन भन्ने भैरहेको होला तर हेाइनhttp://blognepali.wordpress.com/wp-includes/js/tinymce/plugins/wordpress/img/trans.gif

केहि गल्ति भएको छैन अर्थात अर्का कि श्रीमति सधै रम्रो लाग्छ भन्ने उखान्को ठिक बिपरित कस्तो अचम्म | तपाईहरु भुक्तभोगिहरुलाई लाग्ला कस्तो बेवकुफ दिउसै पिएर लेख्न बसेछ त्यसैले जे पायो त्यही लेख्दै छ , त्यसै त भाउ खोज्ने श्रीमतिहरुलाई यति प्रशन्सा गर्दा आज भोलिको बजार भाउ जस्तो ह्वात्त बद्ने पो हो कि भनेर तर जो सुकैले जे सुकै भनुन म त प्रसन्शा गर्छु आफ्नी प्यारि रोमिलको मेरो कुराको बिसवास लाग्दैन भने सुन्नुस मेरि श्रीमतिको राम कहानी
म सधै बिहन ८ बजे उठदा ओछ्यानमै मिठो मुस्कान सहितको तात तातो चिय पाउछु । तर सधै साथीभाइको श्रीमतिसग भएको ठाकठुकको कुरो सुन्दा सुन्दा नेपाल बन्दको दिन मलाइ पनि श्रीमतिलाइ रिस उठाउने मुड चल्यो । कहिले नरिसाउने श्रीमतिलाई रिस उथदा कस्सो हुन्छ भन्ने चहाना भयो तर कसरी रिस उठाउ भनि चियको र्सको तान्न थाले सोच्द सोच्दै चिया कतिखेर रितियो थाह नै भएन अर्को ग्लास मगाउदा रिसाउला कि भन्ने झिनो आश पनि थिएन त्यसैले मगाइन। फेरि आज नेपल बन्द त्यसैले छुट्टि त्यसैले आज श्रीमतिलाइ रिस उथाउने निणय तुरुन्त गरे बिहान खाना खएर गफ चुट्न चोक तिर निस्किए तर दिमागमा एउतै कुरा थियो उनलाइ कसरि रिस उठाउने कस्तो हुन्छ उनको अनुहार रिस उठदा त्यसैले होला आज चोकमा राजनैतिक गफमा रुचि थिएन लाग्यो कति दिमागलाइ भुट्नु
बरु श्रीमतिलाइ रिस उथाउने कुरा नया थियो तर उपाय नभेटेर कुकुर जस्तो यता देखि उता उता देखि यता हल्लि रहेको थिए । त्यसैबेला पर वाट कोपिला पैन्ट र ति र्सट म सजिएर आइरहेको देखे सदै उनलाइ देखेर तर्किने म , आज उनलाई देख्दा ढुङ्गा खोज्दा देउता मिले जस्तो भो कोपिला जस्ले मलाई कलेजको जवाना देखि मन पराउथिन भन्ने कुरा रोमिला लाई थाह थियो त्यसैले मैले आज उनि सग हर्दिकताको साथ कुरा गरे र उनको घर हेर्ने इच्छा पुर्‍याउने बताए र घर लगेर र रोमिला सग परिचय गराए । आज मैले उनको हरेक कुराको प्रसन्शा गरे उनको सरिर अलि मोताएको हो कि भनेर सोधे उनले आज भोलि अलि मोताएको भएर गुलियो खान कम गरेको बताए मैले पनि आज भोलि अलि मोताएकोले अब चिनि कम खाने बिचार गरेको बताए तर पनि रोमिला अनुहार्मा रिस्को छनक पाइन रोमिला चिया बनाउन भान्छातिर लागिन कोपिलाले बिना चिनिको चिया खाने बताइन
म फेरि कुरामा ब्यस्त भए किनकि त्यहा गरेको हरेक आवाज भान्छा सम्म प्रस्त सुनिन्थियो रोमिलाले चिया बनाएर ल्याईन चियाको पहिलो घुट्को सगै कोपिलाले चियाको प्रश्नसा गरिन मैले पनि चियाको घुत्को लगाए तर मेरो चियामा चिनि नै थिएन ।रोमिलाले मलाइ हेरिरहेकि थिईन। तर मैले अनुहारमा त्यसको भव आउन नदिएर ह मा ह थपे । अब चिनि मागु भने अगि नै चिनि छोद्छु भनेर भनिसके । कहिलेकहि खल्लो चिया खादैमा के नै हुन्छ भनि खाए। मेरि श्रीमतिको एउतै बनि नराम्रो छ त्यो हो बिर्शिने बानि । हुन पनि हो दिन भरि काम गर्दा गर्दा कहिले काहि बिर्सिनु ठिकै पनि हो ।
राति खाना खादा नून चर्को थियो बिर्सिएर दुइपटक हालिन होला मैले उनलाई सोध्न उनितिर हेरेको मात्र थिए उनले मुस्कुराउदै भनिन मासु मिठो छ ?
उनको मुस्कानको अघि केहि भन्न सकिन मुसुक्कै मुस्कुराउदै आफ्नो प्रस्न मनमा नै राखेर चुपचाप मिथो छ भनि ताउको हल्लाए र उनले मासु थपिन मैले ग्लासमा पानी थपे अनि भन्नुस म यति राम्री सधै मुस्कुराइरहने लगभग बत्तिस लक्ष्णले युक्त श्रीमतिको किन नगरु प्रश्न्सा न रिश नर् इस्या मात्र मिठो मुस्कान भन्नेले जोइतिन्ग्रे भनुन म त आफ्नो श्रीमतिको प्रसन्शा गर्छु गर्छु मेरि प्यरि रोमिला
ला जा

No comments:

Post a Comment